सुटिङ अगावै कानुनी झमेलामा 'हेरा फेरी-४'

मुम्बई । बलिउडको कल्ट क्लासिक कमेडी फिल्म ‘हेरा फेरी’को चौथो संस्करण ‘हेरा फेरी ४’को तयारी सुरु भइसकेको छ । ‘हेरा फेरी ४’ मा एक पटक पुनः अक्षय कुमार, सुनिल सेठ्ठी र परेश रावल देखिँदै छन् । यस पटक फिल्ममा अभिनेता सञ्जय दत्त पनि देखिँदै छन् ।
अहिले यो फिल्म सुटिङ सुरु हुनुअघि नै कानुनी झमेलामा परेको छ । टी सिरिजले निर्माता विरुद्ध कानुनी उजुरी दिएका छन् । टी सिरिजले दिएको निवेदनमा फ्रेञ्चाइजीको हरेक गीतको दृश्य र अडियोमा आफ्नो अधिकार दाबी गरेको छ ।
सिरिजले निर्माताले फ्रेञ्चाइजीको संगीत र अडियो अधिकारको प्रयोगअघि अनुमति नलिएको भन्दै नोटिस पठाएको छ । नोटिसमा कम्पनीले आफूलाई फ्रेञ्चाइजीको अडियो र भिजुअलको सबै कपी राइटको एक मात्र एक्सक्लुसिभ हाल्डर भनेको छ ।
‘हेराफेरी’ सन् २००० मा प्रिय दर्शनले निर्देशन गरेको फिल्म हो । फिल्मले एक गरिब जमिन्दार र उसको घरमा बस्ने दुई युवाको कथालाई चित्रण गरेको छ । यसको दोस्रो भाग ‘फिर हेरा फेरी’ सन् २००६ मा प्रदर्शनमा आएको थियो । यसको निर्देशक नीरज वोराले गरेका थिए । फिल्मको तेस्रो संस्करण अर्थात् ‘हेरा फेरी ४’को निर्देशन फरहाद सामजीले गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की