तेस्रो पटक पिता बने पाकिस्तानी गायक आतिफ असलम
बिहीबार, ०९ चैत २०७९, १४ : १६
पाकिस्तानी अभिनेता तथा गायक आतिफ असलम छोरीको पिता बनेका छन् । आतिफ आफैँले यो खबर आफ्ना प्रशंसकमाझ साझा गरेका छन् ।
आतिफ र उनकी श्रीमती सारा भरवानाले आफ्नो तेस्रो सन्तानलाई स्वागत गरेका छन् । अभिनेताले छोरीको सुन्दर तस्बिर इन्स्टाग्राममा सेयर गरेका छन् ।
तस्बिरमा छोरी सुतिरहेको देख्न सकिन्छ । फोटो सेयर गर्दै गायकले क्याप्सनमा लेखे, ‘अन्ततः प्रतीक्षा समाप्त भएको छ । हाम्रो मनको नयाँ रानी आइपुगेकी छिन् ।’
उनले थपे, ‘बेबी र सारा दुवै ठिक छन् । हलिमा आतिफ असलमको तर्फबाट रमजान मुबारक ।’
आतिफ र सारले छोरीको नाम हलिमा राखेका छन् । प्रशंसक र सेलिब्रिटी आतिफ र साराकी छोरीको आगमनमा बधाई दिइरहेका छन् ।
आतिफ र साराको विवाह सन् २०१३ मा भएको थियो । हलिमा अघि आतिफ असलमका दुई छोरा छन् । उनको जेठो छोराको नाम अब्दुल अहद र कान्छोको नाम आर्यन असलम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण