आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा ६६ लाख ६६ हजार परिवार, संयुक्त परिवार ६ हजार मात्र

शुक्रबार, १० चैत २०७९, १२ : ०१
शुक्रबार, १० चैत २०७९

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को नतिजा  नेपालमा ६६ लाख ६६ हजार परिवार रहेको देखिएको छ।  सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सार्वजनिक गरेको जनसंख्याको अन्तिम नतिजाअनुसार २१ लाख परिवारका मुली महिला रहेका छन्।  २०६८ सालको भन्दा महिला मुलीको संख्या बढेको विभागले जनाएको छ। यस्तै परिवारमा ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको छ जुन २०६८ सालको तुलनामा १.१ प्रतिशत बिन्दुले बढी हो ।

एकल परिवार ६० हजार ८४१ र संयुक्त परिवार ६ हजार ९६ रहेका छन्। एक परिवार बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ।  परिवारको औसत आकार घट्दै गएको बताइएको छ। अहिले परिवारको औसत आकार चारभन्दा केही बढी रहेको बताइएको छ। मधेसमा एक परिवारमा पाँच जनाभन्दा बढी रहेका छन् भने गण्डकीमा ४ भन्दा पनि कम जनसंख्या रहेको देखिएको छ । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप