नेपालमा ६६ लाख ६६ हजार परिवार, संयुक्त परिवार ६ हजार मात्र
काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को नतिजा नेपालमा ६६ लाख ६६ हजार परिवार रहेको देखिएको छ। सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सार्वजनिक गरेको जनसंख्याको अन्तिम नतिजाअनुसार २१ लाख परिवारका मुली महिला रहेका छन्। २०६८ सालको भन्दा महिला मुलीको संख्या बढेको विभागले जनाएको छ। यस्तै परिवारमा ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको छ जुन २०६८ सालको तुलनामा १.१ प्रतिशत बिन्दुले बढी हो ।
एकल परिवार ६० हजार ८४१ र संयुक्त परिवार ६ हजार ९६ रहेका छन्। एक परिवार बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ। परिवारको औसत आकार घट्दै गएको बताइएको छ। अहिले परिवारको औसत आकार चारभन्दा केही बढी रहेको बताइएको छ। मधेसमा एक परिवारमा पाँच जनाभन्दा बढी रहेका छन् भने गण्डकीमा ४ भन्दा पनि कम जनसंख्या रहेको देखिएको छ । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण