बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

शुक्रबार, १० चैत २०७९, १५ : ०९
शुक्रबार, १० चैत २०७९

मकवानपुर । नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएका छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका सांसद राजेन्द्रमान श्रेष्ठले र हानेपाका संसदीय दलका नेता शैलन्द्रमान बज्रचार्यले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने बताए ।

वर्तमान सरकारको निरन्तरताले प्रदेशको विकासमा सहजता प्रदान गर्ने हानेपाका बज्रचार्यले बताए । उनले जनताले खोजेको विकास भएकाले राजनीतिक जोड घटाउभन्दा पनि सरकारको निरन्तरतापछि शीघ्र विकासका आयाम ल्याउन सहज हुने भन्दै विश्वासको मत दिने निर्णय गरेको बताए ।

सरकारको जोडघटाउले आम नागरिकहरु खुशी नभएको भन्दै उनले त्यसतर्फ प्रदेशसभा र सरकार दुवै गम्भीर हुनुपर्ने बताए । उनले प्रदेशको राजनीतिलाई फरक ढंगबाट अघि बढाउन आ–आफ्नो शैली परिवर्तन गर्नुपर्नेमा जोडसमेत दिए ।

यता एकीकृत समाजवादीका सांसद श्रेष्ठले देशले मागेको राजनीतिक स्थिरता र विकासमा प्रदेश सरकारले योगदान गर्नुपर्ने बताए । विगतका कमीकमजोरी खोतलेर आरोप प्रत्यारोपमा लाग्नुभन्दा भविष्यलाई हेरेर जनता लक्षित योजनाहरु ल्याउन उनले आग्रह गरे ।

प्रदेश सरकार र संसदले व्यक्तिगत लाभमा भन्दा पनि नागरिकको हितमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप