मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

युवा मुक्केबाजहरू विशेष प्रशिक्षणका लागि भारत प्रस्थान

शनिबार, ११ चैत २०७९, ०९ : ०९
शनिबार, ११ चैत २०७९

ललितपुर । भारतीय बक्सिङ सङ्घको आयोजनामा यही २०२३ मार्च २५ देखि अप्रिल ६ तारिख सम्म भारतको रोतक सहर हरियानामा सुरु हुन गइरहेको बहुराष्ट्रिय बक्सिङ प्रशिक्षण शिविरमा सहभागी हुन नेपाली युवा मुक्केबाजहरू भारत प्रस्थान गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले युवा मुक्केबाजहरू वाङ्दि छिरिङ शेर्पा, रिजन गुरुङ, आयुस थापा, प्रबल उप्रेती, रोशन ठाकुरलाई खादा माला लगाई यात्रा सफलता सहित राम्रो प्रशिक्षण लिनका लागि शुभकामना दिए।

सदस्य सचिव घिसिङले युवा खेलाडीहरू यसरी खेलकुदमा देखा पर्दा आफू पनि युवा नै रहेको र  आफूमा अझ बढी जोस जाँगर पैदा हुने बताए । उनले  खेलाडीहरूले स्फुर्तरुपमा खेल खेल्न पाउने वातावरण बनाउन सङ्घ, परिषद् र सरकार कामदारको भूमिकामा रहेकोले खेलाडीले आफ्नो ध्यान आकर्षण गराई हामीलाई पछि(पछि दौडिने वातावरण बनाउन युवा खेलाडीहरूलाई हौसला प्रदान गरे।

नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेको अध्यक्षतामा आयोजित खेलाडी बिदाइ कार्यक्रममा सदस्य सचिव घिसिङले बक्सिङ खेलले एक पछि अर्को सफलता हासिल गर्दै अगाडि बढेको र बक्सिङ प्रशिक्षणको लागि अतिआबश्यबक अन्तर्राष्ट्रिय स्तरको बक्सिङ कभर्डहल निर्माणमा आफ्नो चासो र चिन्ता भएकै कारण डिपिआर गर्न आवश्यक जनशक्ति परिचालन गरेको र आगामी वर्ष बजेट समेत विनियोजन गर्ने बताए। 

सन् २००४ र २००५ मा जन्म भएका उदयमान युवा खेलाडीहरूको लागि तयार पारिएको उक्त विशेष बक्सिङ प्रशिक्षणमा नेपाल लगायत अन्य थुप्रै राष्ट्रहरूको सहभागिता रहने छ । उक्त प्रशिक्षण शिविरलाई  नेपाल बक्सिङ सङ्घले एएसबिसी यूथ मेन एण्ड उमन्स बक्सिङ च्याम्पियनसिपको तयारीको रूपमा राखेको बताएको छ ।

 उक्त शिविरमा एएसबिसी जुनियर बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक विजेता तथा राष्ट्रिय खेलकुद परिवदद्वारा प्रदान गरिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कार (२०७८ को पुरस्कार (नगद एक लाख पचास हजार) विजेता वाङ्दि छिरिङ शेर्पा (टोली नेता) सहित प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र मकवानपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा भर्खरै सम्पन्न अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता (२०७९ मा स्वर्ण पदक विजेता खेलाडीहरू प्रबल उप्रेती र आयुस थापा सहित रिजन गुरुङ, रोशन ठाकुर र वरिष्ठ बक्सिङ प्रशिक्षक ओलम्पियन डम्बर दत्त भट्ट सहभागी रहेका छन् ।

खेलाडी बिदाइ कार्यक्रममा सङ्घका उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, सदस्यहरू मान बहादुर भण्डारी, श्यामकाजी अवाले, आईटिओ पुष्करराज पन्त, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका बोर्ड सदस्य तथा आईबा टु स्टार रेफ्री धनकुमार मैनाली लगायत खेल प्रेमीहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप