शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री बन्न लागेको भन्ने कुरामा सत्यता छैन : गगन थापा

शनिबार, ११ चैत २०७९, १२ : ४५
शनिबार, ११ चैत २०७९

भैरहवा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री बन्न लागेको भन्ने कुरा हल्ला मात्र भएको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । थापाले आफु मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताए । महामन्त्री थापाले भने, ‘मन्त्री बन्न लागेको कुरामा सत्यता छैन, मेरो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने मात्र रहेको छ ।’ 

महामन्त्री थापाले आफूलाई अहिलेसम्म कसैले बोलाएर केही पद नदिएको तर लडेरै लिएको प्रतिक्रिया दिए । उनले भने– ‘केही साथीहरु भ्रममा पर्नुभयो जस्तो छ, मलाई कसैले बोलाएर केही भनेको छैन । जे पाएको छु, लडेर पाएको छु । साथीहरुको माया र शुभेच्छाले अगाडि बढेको छु ।’

जनताको असन्तुष्टि र छटपटीलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने सुझाव समेत उनले दिए । ‘सरकारले जनतालाई राहत  महसुस गराउनुपर्छ’, उनले भने ।महामन्त्री थापाले कांग्रेस केन्द्रीय समितिको बैठक समयमा बस्न नसकेको गुनासो समेत गरे । उनले भने, ‘आठ लाख पार्टी सदस्य भएको र तीन सय स्थानीय तहको नेतृत्व गरिरहेको कांग्रेसलाई जरैबाट मजबुत बनाउनुपर्छ ।’ विसं २०८४ को निर्वाचनमा कांग्रेस देशका १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने र त्यसका लागि तयारी गरिरहेको समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप