नेपाल कमर्श क्याम्पसको निर्वाचन स्थगित
काठमाडौँ । नेपाल कमर्श क्याम्पस मिनभवनमा शनिबार हुने भनिएको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पसले एक सूचना जारी गर्दै निर्वाचन स्थगित गरिएको जानकारी दिएको हो ।
क्याम्पस प्रमुख धुर्वप्रसाद सिलवालले क्याम्पसमा निर्वाचन सम्बन्धि काम कारबाही अगाडी बढाउने क्रममा असहज र असामान्य परिस्थिति श्रृजना हुन पुगेको र निर्वाचन सम्बन्धि काम कारवाही अगाडी बढाउन सक्ने अवस्था नभएको निष्कर्षसहित निर्वाचन स्थगित गरिएको बताएका छन् ।
क्याम्पस प्रमुख सिलवाल र निर्वाचन अधिकृत लालबहादुर बस्नेतद्वारा संयुक्त हस्ताक्षरसहित जारी सूचनामा स्ववियु निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समितिको चैत ११ गते बसेको संयुक्त बैठकले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको उल्लेख छ ।
सो क्याम्पसमा शनिबार हुन लागेको स्ववियु निर्वाचनका लागि नयाँ मतदान अधिकृत तोकेर बिहान साढे ११ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । समितिले निर्वाचन समितिका सदस्य सचिव लालबहादुर बस्नेतलाई निर्वाचन अधिकृत तोकेर मतदानको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । यसअघि भएकाे सर्वपक्षीय छलफलबाट बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान गर्ने निर्णय भए पनि निर्वाचन अधिकृत तुलसीराम रेग्मी सम्पर्कविहीन बनेपछि निर्वाचन समितिले बस्नेतलाई निर्वाचन अधिकृत ताेकेकाे थियो ।
एमाले निकट अनेरास्ववियुले नेविसंघका कार्यकर्ताले मतपत्र च्यातेको र प्रहरी प्रशासनको आडमा मतदान अधिकृत बेपता पारेर निर्वाचन भाँडेको आरोप लगाएको छ । सोही विषयलाई लिएर मतदानका लागि विद्यार्थीहरुलाई लाइन लगाउन खोज्दा हुलहुज्जत समेत भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण