आइतबार, ०९ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

आइतबार, १२ चैत २०७९, २१ : ५४
आइतबार, १२ चैत २०७९

बैतडी  । भिरबाट लडेर  बैतडीमा एक पुरुषको ज्यान गएको छ । पाटन नगरपालिका–४ बत्थीका ५० वर्षीय जगदिश सिंह महराको आइतबार भिरबाट लडेर मृत्यु भएको हो ।

आइतबार दिउँसो एक बजे सोही वडाकै बग्गीचोर भन्ने ठाउँमा महरा भिरबाट लडेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

महरालाई  स्वास्थ्य केन्द्रमा पुर्‍याए पनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज योगेश खत्रीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप