मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका : सिख परेडका बेला गोली चल्यो

सोमबार, १३ चैत २०७९, ०९ : ५२
सोमबार, १३ चैत २०७९

अमेरिकाको क्यालिफोर्निया प्रान्तको राजधानी सेकरामेन्टोमा आइतबार अपराह्न एक गुरुद्वारेमा दुई सिखमाथि गोली प्रहार गरिएको घटना सार्वजनिक भएको छ । दुवै जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय प्रशासनले यो हिंसाको घटना नभएको र दुई जना परिचित व्यक्तिबीच गोली हानाहान भएको बताएको छ ।

ब्राडश सिख समाजले पहिलो पटक सिख परेड निकाल्दै गर्दा यो हमला भएको हो ।

सिख सोसाइटीले भनेको छ, ‘परेड शान्तिपूर्ण तरिकाले निकालिँदै थियो । यो दुर्भाग्य हो कि केही मानिसहरुले एक धार्मिक आयोजनामा खलल पुर्‍याउने कोसिस गरे । दोषीले सजाय पाउनेछन् भन्ने आशा गर्छौँ । हमला गर्नेहरू परेडको हिस्सा थिएनन् ।’

प्रहरीले सन्दिग्धको खोजी गरिरहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप