बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक : सभामुख घिमिरे

सोमबार, १३ चैत २०७९, १५ : ३१
सोमबार, १३ चैत २०७९

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताएका छन् । सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो काममा लागि योगदान पुर्‍याउने नेपाल नेत्रज्योति संघ, चिकित्सकलगायतका सम्बन्धित सबै पक्षप्रति आभार पनि व्यक्त गरेका हुन् । 

उनले संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रूपमा विकास गर्न पनि नेपाल नेत्रज्योति संघलाई आग्रह गरे । सभामुख घिमिरेले भने, ‘नेपाल नेत्रज्योति संघले अब केन्द्रीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारहरूसँग सहकार्य गरेर नेपाल आँखा उपचारको एउटा पर्यटन गन्तव्यको रूपबाट यसलाई विकास गर्ने लक्ष्य राखेको मैले थाहा पाएको छु । अहिले पनि नेपाल विश्वमै आँखा उपचारको प्रभावकारी मुलुक भित्रको रूपबाट चर्चित हुने कुरा, यसमा योगदान गर्नुहुने यसमा सहभागी मित्रहरू र खासगरी यसको स्थापना गर्ने देखि लिएर हालसम्मका नेतृत्वहरू यसको प्रेरणाको स्रोत रहनु भएको छ । नेत्रज्योति संघले गरेको इमानदार प्रयत्नहरू र यसले जनताको सेवा खासगरीकन अन्धोपनलाई हटाएर उज्यालो छाउनका लागि गरेको योगदानप्रतिको विश्वासको कारणले गर्दा खेरी यसले दिन प्रतिदिन प्रगति गर्दै गइरहेको छ । यसलाई जसरी बुझेर जानुपर्ने हो, त्यो कुराको अझै पनि अभाव छ । यस क्षेत्रको धेरै ठुलो योगदान गरेका धेरै विशिष्ट व्यक्तिहरू हुनुहुन्छ । विज्ञहरू हुनुहुन्छ । र, डाक्टरहरू हुनुहुन्छ । तपाईहरुको अगाडि आज मलाई प्रमुख अतिथिको बोलाई रहँदा खेरी के कुरा राख्न चाहन्छु भने मेरो ठाउँबाट मैले सक्ने सहयोगहरू गर्न म जहिले पनि तयार छु ।’

त्यस अवसरमा सभामुख घिमिरेले गरिब जनताको घरदैलोमा पुगेर आँखाको उपचार गर्ने लक्ष्य प्राप्तिमा नेत्रज्योति संघलाई सफलता मिलोस् भनी कामना समेत गरे । कार्यक्रममा आँखा उपचारको क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई सम्मान पनि गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप