आठ महिनापछि तीनदेखि सात दिनभित्र लाइसेन्स वितरण
काठमाडौंं। सवारी अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारी चालकले अबको ८ महिनापछि सहज ढंगबाट पाउने भएका छन्। सरकारले अर्को प्रिन्टिङ मेसिन खरिद नै गरेर लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन लागेको हो।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिन पुरा गरेपछि आफूले गरेका कामको फेहरिस्त सार्वजनिक गर्ने क्रममा उक्त जानकारी दिएका हुन्। उनले हरेक दिन दैनिक ६ हजारको सङ्ख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको बताए।
उनले भने,‘ विगतमै पेन्डिङ रहेका ८ लाख लाइसेन्स प्रिन्ट हुँदै वितरण गरिएको छ। यसरी भएन भनेर अर्को प्रिन्टिङ मेसिन खरिद गर्ने गृहकार्य सुरु भएको छ। ८ महिना पछि तीनदेखि सात दिन भित्र सेवाग्राहीले लाइसेन्स पाउँछन्।’ मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडी बढाइने जानकारी श्रेष्ठले दिए। मन्त्रालयले सोझै खरिद गर्न सार्वजनिक खरिद ऐनले रोक्ने भएपछि टेन्डरमा जानुपरेको जिकिर उपप्रधानमन्त्री श्रेष्ठले गरे। उनले भने,‘ प्रधानमन्त्रीज्यूसँग पनि सल्लाह गरेरै मेसिन खरिदको प्रक्रिया अगाडी बढाइएको छ। अर्थले बजेट निकासा गरेपछि थप काम अगाडी बढ्छ।’ अहिले लाइसेन्स पाउन सेवाग्राहीले महिनौँ कुर्नुपर्ने बाध्यता छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण