दाँत कोट्याउने ‘टुथ–पिक’ आयातमा ८९ लाख ५६ हजार बाहिरियो
सोमबार, १३ चैत २०७९, १६ : ४४

काठमाडौँ । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा ‘टुथ–पिक’ आयातमा नेपालबाट ८९ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुन महिनासम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको बाँसबाट बनेको दात कोट्याउने टुथ–पिक भित्रिएको हो ।
विभागका अनुसार यस अवधिमा नेपालमा २७ हजर ७०० किलोग्राम टुथ–पिक आयात भएको छ । विभागका अनुसार नेपालमा चीन र थाइल्याण्डबाट दाँत कोट्याउन टुथ–पिक आयात हुन्छ । गत आर्थिक वर्षको ८ महिनाको अवधिमा विदेशबाट २ करोड ३६ लाख रुपैयाँको टु–थ पिक आयात भएको थियो ।
उक्त अवधिमा विदेशबाट ७८ हजार किलोग्राम टुथ–पिक भित्रिएको भन्सारको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘के घर के डेरा : घर नं २’ सेन्सर पास
-
जेल सजाय भोगिरहेका र्यापरमाथि घातक हमला, १४ पटक चक्कु प्रहार
-
महिला टी–२० विश्वकप छनोट : हङ्कङसँग सात विकेटले हार्यो नेपाल
-
‘हिउँ पर्न छोडेर पानी बर्स्यो, मुस्ताङीले छाना फेरे’
-
विभिन्न स्थानमा ४ जना मृत फेला
-
धुर्मुस सुन्तलीको दु:ख कष्ट हट्छ, क्रिकेट मैदान पनि बन्छ : प्रधानमन्त्री