मिटरब्याजी पीडितको मागप्रति ऐक्यबद्धता जनाउँदै झलनाथले भने–तपाईंहरूका माग पुरा गर्नैपर्छ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटरब्याजी पीडितका मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूका माग सरकारले पुरा गर्नैपर्ने बताएका छन् ।
मंगलबार बानेश्वर पुगेर पीडितहरूलाई भेट्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘तपाईंहरूका माग जायज छन् । तपाईंहरुमाथि अन्याय भएको छ । यो अन्याय सच्चिनुपर्छ ।’ उनले पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्ने भन्दै मिटरब्याजीहरुले गर्ने गरेको शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्ने बताए ।
‘म प्रधानमन्त्री प्रचण्डलाई पनि मिडियामार्फत भन्छु कि पीडितहरूका माग अविलम्ब पुरा गरियोस्,’ खनालले माग गरे । उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भेटेर पनि यो कुरा गर्ने भन्दै सरकारले पीडितहरूले माग सुन्नै पर्ने बताए ।
त्यसैगरी उनले जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा हुने बताए । ‘आवश्यक पर्छ भने नयाँ ऐन बनाएर तपाईंहरूका हकको संरक्षण गर्नुपर्छ । नयाँ सरकार बनेपछि अन्याय गर्नेमाथि सरकारले न्यायिक कारबाही गर्नैपर्छ,’ खनालको भनाइ छ । उनले सरकारले माग पूरा गर्ने बचन दिएपछि आन्दोलन स्थगित गर्न आग्रह पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण