गरिब घरपरिवार सूचीमा अनियमितता भएको आरोप
दार्चुला । स्थानीय तहले सार्वजनिक गरेको गरिब घरपरिवार सूचीमा जनप्रतिनिधि र कर्मचारीले अनियमितता भएको पाइएको छ ।
यहाँका स्थानीय तहले गरिब घरपरिवारको सूची सार्वजनिक गरी परिचयपत्र बुझ्नका लागि सूचना जारी गरिसकेका छन् । तर सूचीमा वास्तविक गरिब नभएर जनप्रतिनिधि र कर्मचारीले गरिबका रुपमा सरकारी कर्मचारी र व्यवसायीको नाम समावेश गरिएको शैल्यशिखर–६ का विष्णुसिंह धामीले दाबी गरे ।
मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हीरा सिंह धामीले सूचीमा अनियमितता भएकोे भनेर कसैले उजुरी दिए छानबिन गरिने बताए ।
“गरिब घरपरिवार सूची पहिलेको स्थानीय सरकारले सङ्कलन गरेर तयार पारेको सूची हामीले सार्वजनीक गरेका हाँै, त्यसमा अनियमिता भएको उजुरी दिए छानबिन गर्छौ”, अध्यक्ष धामीले भने ।
मालिकार्जुन गाउँपालिकाले सार्वजनिक गरेको एक हजार दुई सय १० जना गरिब घरपरिवारको सूचीमा बढीजसो सरकारी कर्मचारी, निवर्तमान जनप्रतिनिधि र व्यवसायीका नाम समावेश गरिएको छ ।
लेकम गाउँपालिकाले सार्वजनिक गरेको गरिब घरपरिवारको सूचीमा पनि सरकारी कर्मचारी र राजनीतिक पार्टी निकटका व्यापारी व्यवसायीको नाम समावेश गरिएको स्थानीइको आरोप छ । स्थानीय चन्द्र साउदले गरिब घरपरिवारको सूचीमा नाम समावेस भएका सरकारी कर्मचारी र जनप्रतिनिधिले गरिब परिचयपत्र बुझेको दाबी गरे ।
सार्वजनिक गरेको सूचीअनुसार अति गरिब, मध्यम गरिब र सामान्य गरिब गरी ३ श्रेणीमा छुट्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : एमालेलाई फलिफाप, कांग्रेसलाई झट्का !
-
लगानी सम्मेलनमा आयो १० अर्ब माथिको लगानी प्रतिबद्धता
-
विदेशी लगानीकर्ता भन्छन्, ‘नेपालमा जलविद्युत्, सूचना प्रविधि र कृषिमा सम्भावना देख्यौँ’
-
रौतहटमा पाँच घर जलेर नष्ट, लाखौँको क्षति
-
‘नेपाल विदेशी लगानीकर्तालाई ‘रेड कार्पेट’ बिछ्याउन तयार छ’
-
प्रहरीमाथि खुकुरीले आक्रमण गर्न खोजेपछि लागु औषध कारोबारीमाथि गोली प्रहार