सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौँ । सिटिजन्स बैंकले सात वटै प्रदेशमा ग्लोबल मनि विक अन्तरगत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । यस अन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर, धरान, सलकपुर र बानिघाममा कार्यक्रम गरेको छ ।
यस्तै मधेस प्रदेशको डिएभि आरभि केडिया स्कूल, कृष्ण प्रणामी , बाग्मती प्रदेशको थली, कलङ्की, सिन्धुली, सूर्यविनायक, भैंसीपाटी, चाबहिल, मंगलपुर, भरतपुर, तादी, ज्यामिरे, सामाखुसी, महाबौध, धुम्बाराही र थसीखेलमा कार्यक्रम सम्पन्न गरेको छ ।
यसैगरी गण्डकी प्रदेशको अमरापुरी, चाँमे, सिमलचौरमा, लुम्बिनी प्रदेशको बढैयाताल, घोराहीेको शान्ति सुधा बोर्डिङ स्कूल, नेपालगन्ज, कोहलपुरको गोपीगन्जको आदर्श उच्च माध्यमिक विद्यालय, पिपराको बाणगंगा माध्यमिक विद्यालय, फर्साटिकरको श्री बङ्गाई माध्यमिक विद्यालयमा, कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, जाजरकोट, नाम्खा, सिमीकोटमा तथा सुदूरपश्चिम प्रदेशको मोहन्याल, महेन्द्रनगर, धनगढी, बझाङ, अत्तरिया र ढँकारीमा वित्तीय साक्षरताका कार्यक्रमको गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा उपस्थित विद्यार्थीवर्ग, गृहिणी महिला, वैदेशिक रोजगारमा आवद्ध नेपालीहरुमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको थियो । यससँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो। नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत सो क्रममा आग्रह गरिएको बैंकले जनाएको छ । यसबाट बंैकिङ्ग प्रणाली मजबुत हुने विश्वास बैंकले लिएको छ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजर भन्दा बढि ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण