शुद्धोधन गाउँपालिकाको प्रशासकीय अधिकृत र वडाअध्यक्ष अख्तियारको नियन्त्रणमा
बिहीबार, १६ चैत २०७९, १३ : ४१

काठमाडौँ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र सो गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भीम बहादुर यादवलाई घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले रातोपाटीलाई बताए ।
आरोपीहरुको साथबाट आयोगको टोलीले घुसबापत लिएको ५० हजार नगद बरामद गरेको छ । प्रशासकीय अधिकृत र वडा अध्यक्षले उत्खनन गरेर घाटगद्दीमा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप र बिक्री आदेश गर्ने प्रयोजनका लागी उनिहरुले घुुस मागेका थिए ।
आरोपीहरु गाउँ कार्यपालिकाको कार्यालयबाट पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड