हेलिकप्टर दुर्घटना : ९ अमेरिकी सैनिकको मृत्यु
बिहीबार, १६ चैत २०७९, २० : ३६

वासिङ्टन । अमेरिकी सेनाको हेलिकप्टर अमेरिकाको मध्यपूर्वी राज्य केन्टकीमा एक प्रशिक्षण अभियानका क्रममा दुर्घटनाग्रस्त हुँदा नौ सैनिकको मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।
अमेरिकी सैन्य विभागका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल एन्थोनी होफ्लरले बुधबार राति भएको ब्ल्याकहक हेलिकोप्टर दुर्घटनामा नौ जना सैनिकको मृत्यु भएको पुष्टि गरेका हुन् ।
अमेरिकी सेनाका दुई वटा हेलिकप्टर केन्टकीमा दुर्घटनाग्रस्त भएका हुन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ ।
घटना लगत्तै प्रहरी र आपत्कालीन सेवाका अधिकारीहरू दुर्घटनास्थल पुगेका केन्टकीका गभर्नर एन्डी वेशियरले बताए ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि