शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि समस्याहरु देखिए : झलनाथ खनाल

शुक्रबार, १७ चैत २०७९, १७ : ०९
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा ठूलाठूला समस्या र चुनौतीहरू बढिरहेको बताएका छन् । 

शुक्रवार रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थापना भएपछि ठूलाठूला समस्याहरु र चुनौतीहरू खडा भइरहेको बताए ।  

पूर्वप्रधानमन्त्री खनालले अहिले अन्तर्राष्ट्रिय जगत पनि चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गरे ।   विश्व नै अहिले अनिश्चयपूर्ण बनेको भन्दै संयमित भएर काम गर्न आवश्यक रहेको बताए ।  

पूर्वप्रधानमन्त्री खनालले विश्वमा अहिले विश्वयुछ नै हुने हो की भन्ने चिन्ता रहेको बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप