पत्रकारमैंत्री कानुन निर्माणका लागि सक्दो सहयोग गर्छु : सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमैंत्री कानुन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लव, नेपालको रजत महोत्सव समारोहमा बोल्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । सभामुख घिमिरेले जनताको सुुसूचित हुने अधिकारलाई सहज बनाउने कुरामा पनि
आफूले पत्रकारहरुलाई आवश्यक सहयोग गर्ने बताए । उनले नेपालको सञ्चार क्षेत्रमा ठूलो प्रगति भएको उल्लेख गर्दै त्यसलाई मुलुकको विकास र आर्थिक उन्नतिमा लाग्ने गरी प्रणालीको विकास गर्न आवश्यक रहेको पनि स्पष्ट पारे । सभामुख घिमिरेले भने, ‘मलाई लाग्छ–एउटा चुनौति आएको छ । त्यो चुनौतिलाई सामना गर्नका लागि रिपोर्टर्स क्लवको
यो रजत जयन्ति सार्थक हुनेछ भन्ने मैले विश्वास लिएको छु । त्यही कुराहरुलाई अगाडि बढाउने सन्दर्भमा अहिले मैले लिईरहेको जिम्मेवारीको हिसावले पत्रकारमैंत्री कानुनहरु निर्माण गर्ने कुरा, जनताको सुसूचित हुने अधिकारलाई सुलभ बनाउने कुरा यी तमाम कुराहरुमा आफ्नो क्षेत्रबाट गर्नुपर्ने सहयोग म गर्नेनै छु ।’
उनले भने–‘हामीले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तनहरु गरेका छौं । जनता आज यो परिवर्तनबाट आशावादी भएर बसेको बेलामा केही चुनौतिको कारणले समस्या उत्पन्न भएको छ । अहिले राजनीतिक क्षेत्रमा परिवर्तन भएजस्तै हाम्रो नेपालमा पनि मिडियाको क्षेत्रमा, सञ्चारको क्षेत्रमा ठूलो प्रगति भएको छ । र, परिवर्तन भएको छ । यसको भूमिका अब देश निर्माणमा, आर्थिक क्षेत्रको उन्नति गर्ने कुरामा, प्रणालीलाई विकास गर्ने कुरामा कसरी यसलाई बनाउन सकिन्छ ?
सभामुख घिमिरेले मुलुकको आर्थिक उन्नतिको काममा सञ्चार क्षेत्रलाई लगाउने काममा रिपोर्टर्स क्लव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण