बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीको विशेष चेकिङ : लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना चालक नियन्त्रणमा

शनिबार, १८ चैत २०७९, ०९ : ५९
शनिबार, १८ चैत २०७९

काठमाडौँको कोटेश्‍वर क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ४  जना चालकहरूलाई  गएराति प्रहरीले नियन्त्रणमा लिएको छ । 

बा ५ ख ८४५५ नम्बरको टिपर चालक दोलखाको मेलुङ गाउँपालिका ३ का २४ वर्षीय कुमार कार्की, बा ४ ख ७३४७ नम्बरको टिपरका चालक काभ्रेपलान्चोकको पनौती नगरपालिका ४ का ३३ वर्षीय विजय तामाङ, बा १ ज ८९६१ नम्बरको ट्याक्सीका चालक सिन्धुलीको कमलामाई नगरपालिका ६ का २३ वर्षीय इन्द्र बहादुर बस्नेत र बागमती प्रदेश-०३-००१ ख १००४ नम्बरको लहरीका चालक नुवाकोटको विदुर नगरपालिका ४ का २६ वर्षीय अर्जुन लामालाई  लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा आएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बानेश्‍वर पठाइएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग कोटेश्‍वरको संयुक्त टोलीले गएराति १० बजेदेखि १२ बजेसम्म २१ ओटा सवारी साधन चेकजाँच गर्दा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेका ४ जना चालकहरू फेला पारेको थियो । 

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आए तापनि पछिल्लो समय लागुऔषध समेत सेवन गरेर सवारी साधन चलाउने चालक भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तीव्रताका साथ अगाडी बढाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप