सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

सभामुखको अधिकार कटौतीबारे मध्यमार्गी बाटो खोजिने

आइतबार, १९ चैत २०७९, १० : ०२
आइतबार, १९ चैत २०७९

काठमाडौँ । संसदीय नियमावलीमा प्रतिनिधि सभाका सभामुखको विशेष अधिकार कटौतीबारे सहमति खोज्न सांसदहरुबीच समझदारी भएको छ ।  शनिवार सभामुख र दलका सचेतकहरुबीच भएको छलफलमा सभामुखको अधिकार कटौती गर्ने गरी दर्ता गरिएका संशोधन प्रस्ताव फिर्ता लिनेभन्दा पनि सुधार गर्ने समझदारी बनेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

सो समझदारी भएपछि संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठक निरन्तर राख्ने पनि सहमति बनेको छ । कांग्रेस, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायत सत्तारूढ दलका सांसदले ‘यस नियमावलीमा सभामुखले गर्ने भनेर उल्लेख गरिएका कार्य सभामुखले कार्य व्यवस्था समितिको बैठकबाट निर्णय गरी गर्नुपर्नेछ’ भन्ने संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

संशोधन प्रस्तावकर्ता नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले  मध्यमार्गी बाटो निकाल्ने गरी शनिवार छलफल भएको आफूले जानकारी पाएको उनले बताए । ‘विशेषाधिकार अन्तर्गत सभामुखले मनोमानी बैठकहरू राख्ने गरेकाले त्यसको विरोधमा संशोधन प्रस्ताव हालिएको थियो तर हिजोको छलफलमा दुवै पक्ष मध्यमार्गी बाटोबाट निकास निकाल्न सकिनेमा पुगेको बुझिएको छ ’, जोशीले रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप