चलचित्र सेन्सर बोर्डमा तीन सदस्य नियुक्त
सोमबार, २० चैत २०७९, २० : १८
काठमाडौँ । निर्देशक भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुन मगर चलचित्र सेन्सर बोर्डको सदस्यमा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र जाँच समितिको रिक्त तीन सदस्यमा खड्का, आचार्य र पुन नियुक्त गरेको हो ।
आइतबारको मन्त्रीस्तरीय निर्णयबाट सदस्य पदको नियुक्त गरिएको हो । उनीहरुको कार्यकाल दुई वर्षको हुने मन्त्रालयले जनाएको छ । खड्का र आचार्य फिल्म निर्देशनमा सक्रिय छन् भने गायिका पुन अखिल नेपाल जनसांस्कृतिक महासंघको सचिवालय सदस्य र पूर्वी रुकुम निवासी हुन् ।
सेन्सर बोर्डको नेतृत्व मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण