शंखरापुर नगरपालिकामा खुला व्यायामशालाको उद्घाटन, प्रत्येक वडामा विस्तार गरिने
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकामा खुला व्यायामशालाको सुरुवात भएको छ । सोमबार साँखु बजारमा रहेको वडा नम्बर ६ को इपाटोलमा स्थापित खुला व्यायामशालाको नगरप्रमुख रमेश नापितले उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा उनले नगरपालिकाका अन्य वडाहरुमा क्रमशः खुला व्यायामशाला स्थापना गर्दै जाने प्रतिबद्धता जनाए । उनले नगरवासीलाई शिक्षा, स्वास्थ्य लगायतका विभिन्न पक्षमा विकासका कामलाई क्रमशः अगाडि बढाउँदै लैजाने उल्लेख गरे ।
शंखरापुरका वडा नम्बर ५, ६, ७ र ८ लाई पायक पर्नेगरी इपाटोलमा व्यायाम गर्नका लागि फिटनेश पार्क बनाइएको वडा नम्बर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
सो फिटनेश पार्कका बिहानको समयमा व्यायाम गर्न चाहने स्थानीयवासी, युवा तथा बालबालिका लाभान्वित हुने उनको भनाई छ ।
नगरपालिकाको ९ लाख ९० हजार रुपैयाँको बजेटमा सो फिटनेश पार्क स्थापना गरिएको हो । पार्कमा ११ प्रकारका शारीरिक कसरत गर्ने सामग्रीहरू राखिएका छन् । सो पार्कमा अरू सामानहरु पनि थप्ने योजना रहेको प्रवक्ता श्रेष्ठले बताए ।
बालबालिकालाई मोबाइलबाट मुक्त गर्न, युवा पुस्ताहरुलाई व्यस्त राख्नका लागि सो खुला व्यायामशाला उपयोगी हुने उनको भनाई छ ।
वडा नम्बर ६ को टोल सुधार समिति, युवा तथा खेलकुद समिति लगायतले सो व्यायामशाला स्थापना गर्न सक्रियता जनाएका थिए ।
नगरपालिकाले क्रमशः अन्य वडाहरुमा पनि क्रमशः खुला व्यायामशाला स्थापना गर्दै जाने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण