आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश सरकारबाट एमाले बाहिरिँदै

मङ्गलबार, २१ चैत २०७९, १२ : १४
मङ्गलबार, २१ चैत २०७९

जनकपुरधाम । मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ । प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आज राजीनामा दिने भएका हुन् । उनीहरुले दिउँसो १ बजे मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन लागेको श्रोतले जनाएको छ । 

एमालेसँगको गठबन्धन भत्किए पनि सरकारबाट एमाले नबाहिरिँदा गठबन्धनभित्रका राजनीतिक दलहरूलाई अप्ठ्यारो हुन थालेपछि राजीनामा दिन लागेको एमालेका एक जना सांसदले बताएका छन् ।

राष्ट्रपतिको चुनावताका एमालेसँग गठबन्धन भत्किएपछि उपराष्ट्रपतिको चुनावपछि नै उनीहरू सरकारबाट बाहिरिने तयारीमा थियो । तर, एमाले बाहिरिएपछि प्रदेशको नेतृत्वमा काँग्रेसले दाबी गर्न थालेपछि  मुख्यमन्त्री यादवकै आग्रहमा एमाले सरकारबाट बाहिरिएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप