मधेस प्रदेश सरकारबाट एमाले बाहिरिँदै
मङ्गलबार, २१ चैत २०७९, १२ : १४
जनकपुरधाम । मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ । प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आज राजीनामा दिने भएका हुन् । उनीहरुले दिउँसो १ बजे मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन लागेको श्रोतले जनाएको छ ।
एमालेसँगको गठबन्धन भत्किए पनि सरकारबाट एमाले नबाहिरिँदा गठबन्धनभित्रका राजनीतिक दलहरूलाई अप्ठ्यारो हुन थालेपछि राजीनामा दिन लागेको एमालेका एक जना सांसदले बताएका छन् ।
राष्ट्रपतिको चुनावताका एमालेसँग गठबन्धन भत्किएपछि उपराष्ट्रपतिको चुनावपछि नै उनीहरू सरकारबाट बाहिरिने तयारीमा थियो । तर, एमाले बाहिरिएपछि प्रदेशको नेतृत्वमा काँग्रेसले दाबी गर्न थालेपछि मुख्यमन्त्री यादवकै आग्रहमा एमाले सरकारबाट बाहिरिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण