रेडक्रसको विवाद समाधान गर्न सभामुखको आग्रह

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न आग्रह गरेका छन् । विवाद समाधानका लागि काठमाडौँ आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा सभामुख घिमिरेले विवाद समाधान गरेर समाजसेवामा क्रियाशील हुन आग्रह गरेका हुन् । ‘विपत्, महामारीका समयमा पनि नेपालमा रेडक्रसले राम्रो भूमिका खेलेको छ,’ सभामुख घिमिरेले भने,‘तर आन्तरिक विवाद छिटो भन्दा छिटो समाधान हुन आवश्यक छ ।’
सभामुख घिमिरेले रेडक्रसको केन्द्र र कतिपय जिल्लाहरुमा समयमा निर्वाचन नभएको भन्दै अन्तर्राष्ट्रियरुपमा नै ख्याती कमाएको संस्था अपारदर्शिताबाट टाढै बस्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय रेडक्रसकी नेपाल प्रतिनिधि क्रिष्टिना कुम्पुलाले रेडक्रस ऐनबारे जिज्ञासा राखेकी थिइन् । आफू नेपाल आउनुको उद्देश्य पनि यहाँको विवाद समाधान नै रहेको बताउँदै उनले जवाफदेहिता र पारदर्शितामा सम्झौता नहुने बताइन् ।
सभामुख घिमिरेले रेडक्रस सञ्चालनका लागि ऐन आवश्यक भए सरकारसँग छलफल गर्न आग्रह गर्दै संसदले आवश्यक सहजीकरण गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा, तस्बिरहरू
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सलाई झट्का, आईपीएलको बाँकी खेल खेल्न स्टार्क नफर्कने
-
बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री लुम्बिनी आउँदै
-
पाकिस्तानी सेनाद्वारा आफ्नो एउटा विमानमा 'सामान्य क्षति' भएको स्वीकार
-
सेयर बजारले खोजेको गभर्नर कस्तो ?