बैतडीमा जिपको ठक्करबाट एक महिलाको मृत्यु
बुधबार, २२ चैत २०७९, १९ : ३४

बैतडी । बैतडीमा जिपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिका–३ धौकुचे बस्ने ७५ वर्षीय गौरा नाथको जिपको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
सुदूरपश्चिम प्रदेश ०१००१ ज १२९४ नम्बरको जिपले गौरालाई गोकुलेश्वर–गन्ना सडकखण्ड अन्तर्गत धौंकुचेमा सडकमा हिँडिरहेका वेला बुधबार ४ बजेतिर ठक्कर दिएको खत्रीले बताए । जिपको ठक्करबाट गौराको घटनास्थलमै मृत्यु भएको हो ।
जिप चालक डिलाशैनी गाउँपालिका–१ रोशन राना र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
सरकारसँगको सहमतिप्रति स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको आपत्ति
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखलाई घाटा