बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध लागूऔषधसहित ३ जना पक्राउ

बुधबार, २२ चैत २०७९, १९ : ३९
बुधबार, २२ चैत २०७९

काठमाडौँ । चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय १८ ग्रामसहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत मालदा सुजापुर गोरमोतर बस्ने ३१ वर्षीय अबदुल करिम, तनहुँ भानु नगरपालिका-१३ बस्ने २७ वर्षीया अमिना खातुन र भारत मालदा सुजापुर बाउनग्राम बस्ने ३७ वर्षीय महमद फैयाज रहेका छन् । 

प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको प्र-१-०२-००१ ख ९०१२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप