शाहरुखसँग ८० वर्षसम्म रोमान्स गर्न चाहन्छिन् रानी
बिहीबार, २३ चैत २०७९, १२ : ५२
मुम्बई । बलिउड अभिनेत्री रानी मुखर्जी हालका दिनमा आफ्नो रिलिज फिल्म ‘मिसेज चटर्जी भर्सेज नर्वे’को सफलताको उत्सव मनाइरहेकी छन् । आशिमा छिब्बरको निर्देशन रहेको फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्ममा रानीको अभिनयको जोकोहीले तारिफ गरेका छन् ।
‘राजाकी आएगी बारात’बाट बलिउडमा पाइला चालेकी उनले शाहरुख खानका साथ फिल्म ‘कुछ कुछ होता हे’मा अभिनय गरेपछि सफलता पाइन् । उनले हालै मात्र शाहरुखसँगको रोमान्सलाई आफूले जारी राख्ने बताएकी छन् ।
उनले आफूले शाहरुखसँग अझै फिल्ममा काम गर्न चाहेको र ८० वर्षको उमेरसम्म शाहरुखसँगै रोमान्स गर्ने चाहना रहेको खुलासा गरेकी छन् । शाहरुख र रानीले ‘कुछ कुछ होता हे’, ‘चलते चलते’ र ‘कभी अलविदा ना कहना’ जस्ता फिल्ममा स्क्रिन शेयर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू
-
मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
-
विश्वकप २०२६ः सबै टोलीको दोस्रो खेल सकिँदा के–के भयो अहिलेसम्म ?
-
रास्वपा महाधिवेशन ‘साइड इफेक्ट’ : प्रतिनिधि सभा बैठक सर्यो
-
पार्टी स्थापनाको छोटो समयमै सरकारको नेतृत्व गर्ने कीर्तिमान रास्वपाले बनाएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण