पूर्वी रुकुममा सिस्नु टिप्न गएका २ जना नाबालिका मृत भेटिए
काठमाडौँ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सिस्नु टिप्न गएका दुई जना नाबालिका मृत भेटिएका छन् । बुधवार सिस्नु टिप्न गएका पुथा उत्तरगंगा–३ घर भएका १० वर्षीय रिमा बुढा र ८ वर्षीय काली बुढा मृत भेटिएका हुन् । दुई जना नाबालिकाको शव भेटिएको प्रहरी प्रवक्ता (डिआइजी) पोषराज पोखरेलले रातोपाटीलाई बताए । बुधवार सिस्नु टिप्न सेराबाङ गएका उनीहरू रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीय लुपर खोलाको भिरमा शव भेटिएपछि अनुसन्धान गर्न नेपालगन्जबाट कुकुर सहितको टिम परिचालन गरिएको छ । ‘नेपाली सेनाको हेलिकप्टरमा तालिम प्राप्त कुकुर घटनास्थलमा परिचालन गरिएको छ’ डिआइजी पोखरेलले भने–‘डिएसपी नेतृत्वको टिम घटनास्थलमा पुगेको छ ।’ पूर्वी रुकुमकी डिएसपी अञ्जना श्रेष्ठ घटनास्थलमा पुगेकी छिन् । अभिभावकले बिहीबार बिहान घटनाबारे प्रहरीलाई जानकारी गराएका हुन् । सदरमुकामबाट घटनास्थलमा पुग्न करिब ९ घण्टा लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण