शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी उपमहासचिव शर्माले भने–केही दिनमै समाजवादी मोर्चाको घोषणा हुन्छ

बिहीबार, २३ चैत २०७९, १९ : २७
बिहीबार, २३ चैत २०७९

सुर्खेत । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ले अबको केही दिनभित्रै समाजवादी मोर्चाको घोषणा हुने बताएका छन् ।

बिहीबार माओवादी केन्द्र  कर्णाली प्रदेशको संगठन विभागको कार्यक्रममा बोल्दै शर्माले समाजवादी मोर्चाको घोषणा गर्नका लागि आन्तरिक रूपमा तयारी तीव्र छलफल भइरहेको बताएका हुन् ।

शर्माले तीन दलहरुकाबीच समाजवादी मोर्चा भन्न लागेको जानकारी दिए । तर, उनले कुन–कुन दलहरुबीच समाजवादी मोर्चा भन्दै छ त्यो भने खुलाएनन् । यस्तै शर्माले माओवादी कार्यकर्तालाई उत्पादनमा जोडिन आग्रह गरे । 

उनले भने,‘ माओवादीले सामाजिक, सांस्कृतिक अभियानलाई अगाडि बढाउनुपर्ने छ । त्यसका विविध खालका कुराहरू आउँछन् । यो अभियानलाई सार्थकता तुल्याउने गरी अघि बढ्नु आजको आवश्यकता हो । यही नै समाजवादी यात्राको जग हो ।’ 

शर्माले माओवादीलाई अब नयाँ तरिकाले अगाडि बढाउनुपर्ने बताए । यस्तै उनले प्रदेश सरकारको हकमा केन्द्रीय गठबन्धनले निर्णय गर्ने र अबको केही दिनमै निकास पाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप