कटहरिया प्रिमियर लिगको उपाधि गरुडालाई
रौतहट । रौतहटमा जारी कटहरिया प्रिमियर लिगको उपाधि गरुडा क्रिकेट टिमले जितेको छ । कटहरियालाई ७५ रनले हराउँदै गरुडाले उपाधि हात पार्न सफल भएको हो ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेका गरुडा टिमले ५ विकेटको १६८ रन बनाएको थियो। जवाफमा कटहरिया टीमले १९ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र ९३ रन बनाउन सक्यो । फाइनल खेलमा गरुडा टिमका नितेश यादवले ६० रन, शैलेन्द्र कुशवाहाले ३१ र सोबिन्द्र पासवानले २४ रन जोडेका थिए।
प्रतियोगितामा कटहरिया टिमका दीपु साह मैन अफ द सिरिज, रोहित सनीलाई वेस्ट व्याट्सम्यान, वेस्ट विकेटकिपर राजु यादव, वेस्ट क्याच एलेक्स यादव, वेस्ट बलर विपिन साहनीलाई घोषित गरिएको थियो। विजेता गरुडा टिमलाई नगद ३१ हजार तथा उपविजेता कटहरिया टिमलाई २१ हजारसहित शिल्ड, ट्रफी, प्रमाणपत्र वितरण गरिएको थियो ।
पूर्व मन्त्री प्रभु साह, पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा, मौलापुर नगर प्रमुख रिना कुमारी साह, नेताहरु योगेन्द्र साह, चन्दन कुशवाहा, लगायतले पुरस्कार वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण