लाइसेन्सको काम तीन दिनदेखि ठप्प
सरकारको बेवास्ताका कारण सवारीचालक अनुमतिपत्रपत्र (लाइसेन्स) को काम तीन दिनदेखि प्रभावित बनेको छ । लाइसेन्सका लागि प्रयोग गरिने प्रणाली (सिस्टम) मा आएको समस्याका कारण तीन दिनदेखि नयाँ लाइसेन्स लिने र नवीकरणको काम ठप्प बन्न पुगेको हो ।
पटकपटक देखिने यस्तो समस्याका कारण सेवाग्राही समस्या पर्दै आएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री फेरिनेबित्तिकै मन्त्रीको चासो यातायात व्यवस्था विभागका कर्मचारी सरुवामा गए पनि यस्ता सर्वसाधारणसँग प्रत्यक्ष जोडिने समस्या समाधानमा भने जाने गरेको छैन । यातायात व्यवस्था विभागले गत बुधबार सूचना जारी गर्दै अनलाइन लाइसेन्स र नवीकरणको काम ठप्प भएको जनाएको थियो । प्रणाली अझै सञ्चालनमा आइसकेको छैन । सरकारको एकीकृत डेटा सेन्टरको सर्भरमा समस्या आएको भन्दै सरकारी पक्ष आफ्नो जिम्मेवारीबाट पन्छिने गरेका छन् । विभागले डेटा सेन्टरमा डेटा लस्ट भएको (हराएको) आशंकामा सिस्टम रिकभर गर्न यस्तो समस्या आएको जनाइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण