नियमावलीमा आधारित भएर संसदमा अभिव्यक्ति दिन सभामुखको आग्रह
आइतबार, ०३ वैशाख २०८०, १५ : २०
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीमा आधारित भएर संसदमा आफ्नो अभिव्यक्ति दिन सांसदलाई आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधिसभा सभा बैठकको सुरुमै उनले विषयबस्तु र प्रतिनिधिसभा नियमावलीमा आधारित भएर आफ्ना भनाईहरु राख्न सांसदहरुलाई सचेत गराएका हुन् । सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरु, विषयमा आधारित भएर माननीय सदस्यहरुले खासगरी नियमावलीमा आधारित भएर आफ्नो अभिव्यक्ति दिनुहुनेछ ।’
सांसदहरुले आकस्मिक समय, शुन्य समय र विशेष समयमा बोल्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमै गरिएको हुन्छ । सोही अनुसार सांसदहरुले संसदमा आफ्ना अभिव्यक्ति दिनुपर्ने सभामुख घिमिरेको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण