बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पुनःबहालीको माग गर्दै धर्ना

आइतबार, ०३ वैशाख २०८०, १५ : ५३
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै विवाद भएको छ । आइतवार दिउँसो टेलिकमबाहिर उनीहरुले  प्रदर्शनसहित धर्ना दिएका हुन् । उनीहरुले लामो समयसम्म काम गरेका कर्मचारीहरुलाई सरकारी निकायले स्वेच्छारी ढंगबाट हटाएको दाबी गर्दै पुनःबहालीको माग गरेका छन् । 

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदर्शनकारी भीमबहादुर खड्काले नेपाल टेलिकममा कार्यरत २१७ जना प्राविधिक सहायकहरुलाई टेलिकमले हटाएको र पुनः बहालीको माग गर्दै आन्दोलनमा उत्रिनुपरेको बताए । 

उनले १५ वर्ष लामो समयसम्म टेलिकममा काम गरेका कर्मचारीहरुलाई हटाउनु भनेको उनीहरुको रोजीरोटी खोस्नु रहेको बताए ।  कर्मचारीहरुको पुनः बहाली नगरीकन आन्दोलन बन्द नगर्ने चेतावनी दिए । उनले रोजगारीको ग्यारेन्टीको विषय संविधानको हक भएको उल्लेख गर्दै रोजगारी गरिरहेको कर्मचारीलाई सरकारी निकयाले निकाल्नु गलत भएको बताए । 

उनले भने, ‘नेपाल टेलिकममा कार्यरत २१७ जना प्राविधिक सहायकहरुलाई एक हिसावले कर्मचारीको रुपबाट, उहाँहरुको रोजीरोटी खोसिएको छ, त्यसको बिरुद्धमा धर्ना हो । २१७ जना नेपाल टेलिकममा कार्यरत प्राविधिक सहायक कार्यरत कर्मचारीहरुलाई निष्कासन गरेकाले यो धर्ना गरेका हौँ । पहिलो माग हाम्रो २१७ जना कर्मचारीको पुनःवहाली, आउट सोर्सिङको अन्त्य गरियोस् भन्ने दोस्रो माग हो । लामो समय काम गरेका कर्मचारीहरुलाई निष्कासन गरेकोबिरुद्ध हामीले आन्दोलन गरेका हौँ । कर्मचारीको पुनःबहाली नगरीकन हाम्रो आन्दोलन जारी रहन्छ । यसमा सम्पूर्ण पक्षको ऐक्यवद्धता र साथ आवश्यक छ । रोजगारीको ग्यारेन्टीको विषय संविधानको हक हो, रोजगारी गरिरहेको कर्मचारीलाई सरकारी निकयाले निकालेको छ । यो स्वेच्छाचारी ढंगबाट निकालिएको छ । लिखित माग सम्बोधन नभएपछि बाध्य भएर धर्ना दिएका हौँ ।’

टेलिकमले भने हटाइएको नभइ करारका कर्मचारीको सम्झौता सकिएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप