आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा गोली चल्दा चारजनाको मृत्यु, कैयौँ घाइते

आइतबार, ०३ वैशाख २०८०, २१ : ३९
आइतबार, ०३ वैशाख २०८०

वासिङ्टन-अमेरिकाको अलाबामा राज्यको एउटा सानो सहरमा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका प्रहरीले आइतबार जनाएको छ ।

राज्यको राजधानी मोन्टगोमरीको उत्तरपूर्वमा रहेको डाडेभिलस्थित एक डान्स केन्द्रमा शनिबार राति स्वीट १६ नामक जन्मदिनको पार्टीमा कम्तीमा २० जनालाई गोली लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अलाबामाको कानुन प्रवर्तन एजेन्सीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अहिले चार जनाको मृत्यु भएको पुष्टि भएको छ र धेरै घाइते भएका छन् ।”-(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप