अमेरिकामा गोली चल्दा चारजनाको मृत्यु, कैयौँ घाइते
आइतबार, ०३ वैशाख २०८०, २१ : ३९
वासिङ्टन-अमेरिकाको अलाबामा राज्यको एउटा सानो सहरमा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका प्रहरीले आइतबार जनाएको छ ।
राज्यको राजधानी मोन्टगोमरीको उत्तरपूर्वमा रहेको डाडेभिलस्थित एक डान्स केन्द्रमा शनिबार राति स्वीट १६ नामक जन्मदिनको पार्टीमा कम्तीमा २० जनालाई गोली लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अलाबामाको कानुन प्रवर्तन एजेन्सीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अहिले चार जनाको मृत्यु भएको पुष्टि भएको छ र धेरै घाइते भएका छन् ।”-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण