कर्णालीमा कांग्रेस संसदीय दलको बैठक : आठ मन्त्रालय कायम, आलोपालो हुनुपर्ने निष्कर्ष !
सुर्खेत । सरकारको विषयलाई लिएर सोमबार दिउँसो बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले मन्त्रालय र सरकारको नेतृत्वको विषयमा रहेर बृहत् छलफल गरेको छ । कांग्रेस सरकारमा जाने निश्चित भएसँगै नेतृत्वसँगै मन्त्रालयमा समेत आलोपालो गर्ने कुरा बैठकमा चलेको थियो ।
दलका नेता जीवनबहादुर शाहीले आइतबार माओवादीसँग भएको छलफलका विषयमा बैठकमा ‘ब्रिफिङ’ गरेका थिए भने सांसदहरूले सरकारको विषयलाई लिएर आ–आफ्ना धारणा राखेका थिए । बैठकमा सरकारमा जाने निर्णयसँगै २७ पुसमा नेकपा एमाले–माओवादी बीचको समीकरण अनुसार ८ मन्त्रालयलाई ७ मा झार्ने विषयबारे पनि छलफल भएको थियो । महत्त्वपूर्ण मानिएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई कायम नै राख्नुपर्ने कुरामा कांग्रेस अडिग रहेको बैठकमा सहभागी सांसद घनश्याम भण्डारीले रातोपाटीलाई जानकारी दिए । ‘राजनीतिक रूपमा बाहिर चर्चा चलेको कुरा आयो तर, प्रशासनिक र राज्यमन्त्रीसहित मन्त्री ८ नै छन्,’ भण्डारीले भने,‘ राज्यमन्त्री हटाउने र मन्त्रालय कायम राख्नुपर्छ नै ।’
दलका नेता शाहीले यसअघि रातोपाटीसँगको कुराकानीमा पनि ८ सदस्यीय मन्त्रिपरिषद् नै कायम हुनुपर्ने बताएका थिए । भण्डारीले यदि त्यसो भएको खण्डमा सरकारको नेतृत्वसहित मन्त्रालय पनि आलोपालो गर्नुपर्ने कुरा बैठकमा उठेको बताए । बैठकमा दलका नेता शाहीले अहिले माओवादीले नेतृत्वसहित ३ मन्त्रालय लिनुपर्ने र कांग्रेसले चार मन्त्रालय पाउनुपर्ने कुरा सुनाएका थिए । अढाई वर्षपछि पुनः कांग्रेसले नेतृत्व प्राप्त गरिसकेपनि ३ मन्त्रालय कांग्रेस र ४ मन्त्रालय माओवादीले पाउनुपर्ने गरी सहमति गर्नुपर्ने कुरा बैठकमा उठेको भण्डारीले बताए ।
यस्तै कांग्रेसबाट मन्त्रीको आकांक्षीका रूपमा धेरैजना देखिएका छन् । यद्यपि सरकारबारे निर्णय गर्ने सबै अधिकार दलका नेता शाहीलाई भएकाले मङ्गलवार बस्ने कार्य सम्पादन समितिको बैठकले टुङ्गो लगाइने आकलन भण्डारीले गरे । बैठकमा सभामुख हेरफेरको विषयबारे भने कुनै छलफल नभएको सांसद कृष्ण बिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण