तनहुँ पुगेर प्रचण्डले भने : खहरे खोला डरलाग्दो आउँछ, छिनभरमै सुकेर जान्छ
तनहुँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले खहरे खोला डरलाग्दो गरी आए पनि क्षणभरमा सुकेर जाने टिप्पणी गरेका छन् । तनहुँको डुम्रेमा बुधवार आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै खहरे खोलाको संज्ञा दिएका हुन् ।
‘कहिलेकाहीँ खहरे खोला डरलाग्दो गरी आउँछ त्यो खहरे छिनभरमै सुक्छ । नदी गम्भीर ढङ्गले आफ्नै गतिमा महासागरतिर लम्किरहन्छ । यो कुरा नर्बिसौं’ प्रचण्डले भने, ‘तनहुँ भानुभक्तजस्तो कवि जन्मिएको जिल्ला त्यसैमा अहिले राष्ट्रपति रामचन्द्र पौडेल जन्मिएको जिल्ला पनि हो । देवघाटजस्तो पवित्र स्थल परिवर्तनका लागि सङ्घर्ष र बलिदान गरेको जिल्ला हो । गोविन्द भट्टराईजस्तो त्याग तपस्या गरेका व्यक्ति जन्मेको जिल्ला भएकाले सबैले जिताऔँ ।’
अहिले कुनै आँधी हुरी बताससँग नआत्तिएर सतिसालजस्तै दरो भएर शान्ति र विकासका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने प्रचण्डले बताए । यो उपनिर्वाचनमा गोविन्द भट्टराईलाई जिताउने नभई गठबन्धनलाई जिताउने समेत उनले बताए । चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यसअघि अर्कै गठबन्धन बनाए पनि पछि कांग्रेससँगै गठबन्धन गर्ने अवस्थामा आएको बताए ।
देउवासँग लभ परिसकेकाले एमालेसँग लामो समय बस्न नसकेको पनि प्रचण्डले बताए । अहिलेको गठबन्धनले शान्ति प्रक्रिया टुङ्गोमा पुर्याएर विकास र समृद्धिमा लागिने समेत उनले बताए । चुनावी सभालाई नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरूले सम्बोधन गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण