बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘पासाङ’ हेर्न प्रिमियरमा पुगे सभामुख देवराज घिमिरे

बिहीबार, ०७ वैशाख २०८०, १० : ५८
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । ‘पासाङ: इन द स्याडो अफ एभरेस्ट’ आगामी आइतबार अर्थात वैशाख १० बाट प्रदर्शन हुने भएको छ । बुधवार फिल्मको प्रिमियर गर्दै निर्माण युनिटले प्रदर्शनको बारेमा जानकारी दिएको हो । राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको यथार्थतामा आधारित फिल्म अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले बनाएका हुन् । उनले दुई दशक बढी समय मेहनत गरेर फिल्म तयार पारेका हुन् । 

७२ मिनेटको फिल्मका निर्माता शेरोन वुड र आङ दोर्जे शेर्पा हुन् । २०२२ मार्चमा शान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा रिलिज भएको यस फिल्म ३० औँ पासाङ ल्हामु दिवसको अवसर पारेर देशभर प्रदर्शन गर्न लागिएको फाउन्डेसनका अध्यक्ष दावा फुटी शेर्पाले बताए ।

प्रिमियरमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायत उच्च व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । फिल्मले पासाङ ल्हामु शेर्पाको दुखद र प्रेरणादायी यात्रा समेत कथा बनाइएको छ । नेपाली समाजमा दुर्गमका एक अशिक्षित, आदिवासी महिलाले अघि बढ्न गरेको सङ्घर्ष, यसको अवरोध र समाजदेखि परिवारसम्मको सहयोग लगायतका विषय समेत जोडिएको छ । 

पटक पटक सगरमाथा आरोहणको दृढ प्रयास गर्नु र वाधा अवरोधहरूलाई जितेर सफलता गर्नु नै फिल्मको मुख्य सन्देश बनेको छ । यो फिल्म अन्तर्राष्ट्रिय क्षेत्रमा भएका ३० वटा फिल्म फेस्टिबलमा प्रदर्शन भइसकेको छ । टेलुराइड, कोलोराडो, बान्फ, क्यानडा र बेलायतको केन्डल माउन्टेन फेस्टिवल र अन्य प्रतिष्ठित फेस्टिभलहरू सहित १४ वटा पुरस्कार हात पारेको छ । 

पासाङ ल्हामुजस्ता साहासी महिलाबाट सपनाहरू बुन्न सक्ने, सफलता प्राप्त गर्न बाधाहरू सामना गर्न सक्नु नै महिलाको एउटा उदाहरणीय साहस फिल्ममा देखाइएको छ ।  विद्यार्थी, अभिभावकहरू र बृद्धबृद्धासम्म जनचेतना पुग्ने लक्ष्यले फिल्म प्रदर्शन क्युएफएक्समा मात्र नभएर लुक्ला, नाम्चे लगायतका सातै प्रदेशका मुख्य मुख्य सहरहरूमा प्रदर्शन गर्ने फाउन्डेसनले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप