कम्युनिष्टहरुले सबैभन्दा पहिले आचरण सुधार गर्नुपर्छ : झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरूले आफ्नो आचारण पुनर्विचार नगरेमा देशको निम्ती केही दिन नसक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै खनालले कम्युनिष्टहरुले सबैभन्दा पहिले आचरण सुधार गर्नुपर्ने बताए । आइतबार एकीकृत समाजवादीले आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले भने, ‘हामी आज यति महत्त्वपूर्ण कार्यक्रममा राखेको थियौँ । बोलाएका अतिथिलाई डेढ घण्टा बस्ने फुर्सद भएन । मेरो सन्देश पुर्याई दिनुस् । कमरेडहरू आफ्नो आचरण पुनर्विचार गर्नुस् । आचरण पुनर्विचार गर्नुभएन भने यो देशको निम्ति धेरै योगदान गर्न सक्नुहुन्न ।’
यस्ता कार्यक्रममा अन्तिमसम्म बसेर बहस र छलफलमा सहभागी हुनुपर्नेमा बोल्दै हिँड्दै गरेमा केही अर्थ नहुने खनालको भनाई छ । ‘कोही अप्ठ्यारो परेर वा बिरामी भएर जानुभए बेग्लै कुरा भयो । सहज हुँदाहुँदै कार्यक्रम छोडेर जानुभएको हो भने राम्रो होइन’ उनले भने । कार्यक्रममा सबै अतिथि बोल्दै हिँडेर गएपछि खनालले कसैलाई सम्बोधन नगरी आफ्नो कुरा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण