वर्ग छुट्ट्याउन नसके राम्रो ठाउँमा पुगिँदैन : खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरूले वर्ग छुट्ट्याउन नसके राम्रो ठाउँमा पुर्याउन नसक्ने टिप्पणी गरेका छन् । तत्कालीन नेकपा स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै खनालले कम्युनिस्टहरूले वर्ग शत्रु र वर्ग मित्र छुट्याएर सङ्घर्ष गर्नुपर्ने बताए ।
‘अहिले भएका वर्गहरूमा कुनचाहिँ शत्रु हो ? कुनचाहिँ मित्र हो ? यसलाई छुट्याउन सकेनौँ भने कोसँग सङ्घर्ष गर्ने कहाँ जाने केही टुङ्गो हुँदैन’ खनालले भने, ‘त्यसैले कम्युनिस्टले वर्ग शत्रु को हो भन्ने छर्लङ्ग छुट्याउनुपर्छ । हामीलाई मार्क्सवादले सिकाएको यहीँ हो । यदि हामीले यो छुट्याउन सकेनौँ शत्रुसँग साँठगाँठ वा एकता गर्न पुग्दा उँभो होइन उँधो लाग्छौँ ।’ कम्युनिस्टहरूले गलत विचार र दृष्टिकोण समयमै चिन्न सक्नुपर्ने खनालले बताए । रुसको तत्कालीन सोभियत कम्युनिस्ट सत्ता गलत विचार र दृष्टिकोणले गर्दा ढलेको खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण