एटीसी टावरमा समस्या आएपछि झन्डै एक घण्टा उडान अवरुद्ध
आइतबार, १० वैशाख २०८०, १५ : ५६
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्युनिकेशन फ्रिक्वन्सी टावर (एटीसी) मा समस्या आएपछि झन्डै १ घण्टा उडान अवरुद्ध हुन पुगेको छ । एयरपोर्ट टावर र पाइलटबीचको संवाद हुने कमुनिकेशन फ्रिक्वयन्सी (सञ्चार तरंग)मा समस्या आएको हो ।
लगभग ५० मिनेट आन्तरिक उडान प्रभावित हुन पुगेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । समस्या दिउँसो २ः३० देखि ३ः२० सम्म आएको थियो ।
यस समयमा आन्तरिकतर्फको उडान अवतरण रोकिए पनि अन्तर्राष्ट्रियतर्फको उडान भने खासै प्रभावित नभएको सिटौलाले जानकारी दिए ।
यो समस्या सुल्झिएसँगै अहिले आन्तरिक (डोमेस्टिक) तर्फको उडान तथा अवतरण समेत नियमित भइसकेको उनले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझा सुरक्षा चासोदेखि रणनीतिक सहकार्यसम्म : भारत भ्रमणबारे राष्ट्रिय सभामा परराष्ट्रमन्त्रीको ब्रिफिङ
-
अमेरिका–इरान सैन्य तनाव : पाकिस्तानको मध्यस्थता प्रयास
-
एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी
-
संसद् चलाउन एक कदम पछाडि हटेका हौँ, प्रधानमन्त्रीलाई माफी दिएका होइनौँ : प्रमुख सचेतक दुलाल
-
झापामा २४ जना फरार अभियुक्त पक्राउ
-
अमेरिकी अधिकारीहरू भर्ती गर्न प्रयोग गरिएका १२ भन्दा बढी वेबसाइट एफबीआईको कब्जामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण