बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

५,५६१ उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न आयोगको निर्देशन

सोमबार, ११ वैशाख २०८०, १८ : ३४
सोमबार, ११ वैशाख २०८०

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिई निर्वाचन खर्चको विवरण पेश गर्ने ५,५६१ जना उम्मेदवारहरूलाई सो विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । 

आफूले गरेको निर्वाचन खर्च सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका वा नगरपालिका वा वडा कार्यालयको सूचना पाटीमा सार्वजनिक गर्न सकिनेछ । 

यस्तै राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेबसाइट (राजनीतिक दलको तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा), आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि) र सामाजिक सञ्जाल (फेसबुक, टिवटर, ईन्स्टाग्राम) बाट पनि सार्वजनिक गर्न सक्ने आयोगले निर्णय गरेको छ । 

यसरी सार्वजनिक गरेको प्रमाणसहितको जानकारी सम्बन्धित उम्मेदवारहरूले आ–आफ्नो प्रदेश÷जिल्ला निर्वाचन कार्यालयलाई दिनु पर्ने निर्णय भएको आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस सम्बन्धमा आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्ने २,३७३ जना उम्मेदवार र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दिई प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्ने ३,१८८ जना उम्मेदवारहरू ७ दिनको म्याद दिई खर्च विवरण सार्वजनिक गर्न वैशाख ६ गते निर्देशन दिने निर्णय गरेको थियो । 

आयोगको निर्देशनपछि उम्मेदवारहरूले धमाधम आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरिरहेका छन् । यस्तै खर्च विवरण पेश नगर्ने ७२ उम्मेदवार भने स्पष्टीकरणमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप