बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मत गणनास्थलमा पुगेर उपेन्द्र यादवले भने–चुनाव जित्नेमा ढुक्क छु

मङ्गलबार, १२ वैशाख २०८०, १४ : १०
मङ्गलबार, १२ वैशाख २०८०

बारा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष तथा बारा २ का उम्मेदवार उपेन्द्र यादवले चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् । कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणनास्थलमा पुगेका अध्यक्ष यादवले चुनाव जित्नकै लागि आफूले उपनिर्वाचन लडेको पनि बताए । 

‘अहिले गणना भइरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन । प्रारम्भिक नतिजा राम्रो छ । म खुशी छु बाराका जनताले मलाई आशिर्वाद दिएका छन्’, उनले भने, । 

 अध्यक्ष यादवले आफू चुनाव जित्नेमा ढुक्क रहेको पनि बताए । उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिँदैन नि !’ 

उनले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए ।
मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् । उनले १४ हजार एक सय ८० मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार तीन सय २६ मत पाएका छन् ।

यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार सात सय ९३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ५१ मत पाएका छन् ।

यसअघि अध्यक्ष यादव मंसिर ४ मा सम्पन्न चुनावमा सप्तरी २ मा जनमतका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । त्यसपछि उनले पार्टीका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएसँगै रिक्त रहेको स्थानमा उपनिर्वाचन लडेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप