आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आत्मघाती गोल उपहार पाउँदा वुल्भ्स बिजयी

बुधबार, १३ वैशाख २०८०, ०८ : ५१
बुधबार, १३ वैशाख २०८०

काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा वुल्भ्स विजयी भएको छ ।  मंगलबार राति घरेलु मैदान मोलिनक्स स्टेडियममा भएको खेलमा वुल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेर बिजयी भएको हो ।

वुल्भ्सले एउटा आत्मघाती गोल उपहार पाएको थियो भने अर्को पेनाल्टी गोलबाट जीत हासिल गरेको हो । पहिलो हाफको सुरूवाती अर्थात तेस्रो मिनेटमा नै क्रिस्टलका जोआचिम एन्डरसेनको आत्मघाती गोलबाट वुल्भ्सले १–० को अग्रता लिन सफल भयो भने इन्ज्युरी समयको चौथो मिनेटमा नेभेसले पेनाल्टीमा गोल गर्दै वुल्भ्सको जित पक्का गरे ।

यस जितसँगै वुल्भ्स ३३ खेलबाट ३७ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ, समान ३७ अंक रहेको क्रिस्टल प्यालेस गोल अन्तरमा अघि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप