बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

प्रियंकाले भनिन्, ‘जसरी रेखालाई रेखामात्रै भनेर बोलाइन्छ मलाई पनि प्रियंका मात्रै भनेको सुन्न मनपर्छ’

बुधबार, १३ वैशाख २०८०, १० : ३३
बुधबार, १३ वैशाख २०८०

प्रियंका चोपडाले मानिसले आफूलाई रेखालाई झैँ उनको पहिलो नामले बोलाएको मनपर्ने बताएकी छिन् । प्रियंकाले उनको नाम भारतमा जस्तो अमेरिकामा साधारण ‘कमन’ नभएको बताउँदै त्यहाँ आफ्नो थर ‘चोपडा जोनस’ खासै प्रयोग नगर्ने जानकारी दिइन् । सो कुरा उनले द टेलिग्राफलाई दिएको एक अन्तरवार्तामा बताएकी हुन् ।

भारतमा मलाई पिसी सुन्ने बानी परेको थियो

उक्त अन्तरवार्तामा उनलाई ‘प्रियंका निकै साधारण नामक हो, यसबारे तपाईं के सोच्नुहुन्छ ?’ भनेर प्रश्न सोधिएको थियो ।  यसको जवाफ दिँदै उनले भनिन्, ‘अमेरिकामा म जो जति मानिसलाई भेट्छु उनीहरुले एक जना प्रियंकालाई मात्रै चिनेका छन् । म यो कुराको पूरा फाइदा उठाउँछु ।’

‘तर भारतमा यस्तो छैन । प्रियंका यति कमन नाम हो कि तपाईंले कोठाबाट ‘प्रियंका’ भनेर बोलाउनुभयो भने कम्तीमा ६ जनाले फर्केर हेर्छन्,’ उनले भनिन् ।

priyankaमलाई आफ्नो पहिलो नाम सुन्न मनपर्छ

उनले थपिन्, ‘त्यसैले पनि होला, मलाई भारतमा पिसी सुन्ने बानी परेको थियो । तर अमेरिकामा यो नामको अर्को युवती सायदै कोही भेटेकी छु । अमेरिकामा मलाई प्रियंका मात्रै सुन्न मनपर्छ जसरी मानिसहरूले रेखालाई रेखा मात्रै भनेर बोलाउँछन्, ठ्याक्कै त्यस्तै । वा अमेरिकामा शेर ल्योडलाई शेर मात्रै । त्यसरी नै, मात्र प्रियंका !’ 

priyanka1मेरो नामले मलाई २३ वर्षको यात्राबारे अवगत गराउँछ 

फक्स फाइभलाई दिएको अन्तरवार्तामा प्रियंकाले फिल्मको पोस्टर, बिलबोर्डस् र बिग स्क्रिनमा आफ्नो पूरा नाम – प्रियंका चोपडा जोनस देख्दा आफूलाई निकै खुसी लाग्ने गरेको बताउँछिन् । उनले भनिन्, ‘मेरो पूरा नामले मलाई फिल्मी दुनियाँमा आफ्नो २३ वर्षको लामो यात्राबारे अवगत गराउँछ !’

priyanka3प्रियंकाले थपिन्, ‘मैले एउटा फिल्म गरेको थिएँ जुन ओलम्पिककी महिला बक्सरमा आधारित थियो । यो फिल्म भारतीय बक्सर मेरी कोमको बायोपिक थियो । फिल्मको पोस्टर वा स्क्रिनमा ‘प्रियंका चोपडा मेरी कोमको भूमिकामा छिन्’ भनेर आउँथ्यो । मैले पहिलो पटक त्यो पोस्टर देख्दा मैले यसको गहिराई बुझेँ ।’

‘त्यसपछि मेरो टिभी सिरिज क्वान्टिको आयो । मलाई याद छ, सनसेट बुलेवार्डमा एउटा भवन नजिकै एउटा ठुलो बिलबोर्ड राखिएको थियो । त्यसमा मेरो फोटो थियो अगाडि मेरो नाम लेखिएको थियो । आफ्नो पहिचानलाई आफ्नो आँखा अगाडि यति ठुलो स्केलमा देख्न पाउनु कमालको अनुभव हो,’ उनले मनको कुरा खोलिन् ।

priyanka4मेरो विवाह भइसकेको छ भन्ने प्रमाण ‘जोनस’ हो

उनले थपिन्, ‘अब मेरो नाममा जोनस पनि थपिएको छ । मेरो विवाह भइसकेको छ भनेर यसले प्रमाण दिन्छ । मैले आफ्नो फिल्म मेट्रिक्स वा सायद कुनै किताबमा पहिलो पटक आफ्नो नामको अगाडि जोनस लेखेको थिएँ । त्यति बेला मैले निकलाई भनेकी थिएँ, ‘तिमीलाई थाहा छ नि म तिमीलाई कति माया गर्छु ? यहाँ प्रियंका चोपडा जोनस लेखेको देखेर यस्तै लागिरहेको छ ।’

प्रियंकाले भनिन्, ‘मेरो पूरा नाम मेरो पहिचानको प्रमाण हो । मेरो नामले मेरो २२–२३ वर्षको करियरको यात्राबारे अवगत गराउँछ । मलाई मेरो नाममा आज पनि निकै उत्साह छ । तपाईंले मलाई पिसी भन्न सक्नुहुन्छ, प्रियंका भन्न सक्नुहुन्छ, पिसिजे भन्ने सक्नुहुन्छ । जे सुकै भन्नुहोस् तर मेरो परिचय फेरिँदैन ।’

हाल प्रियंका आफ्नो आउँदो वेब सिरिज सिटाडेलको प्रमोसनमा व्यस्त छिन् । यो सिरिजमा प्रियंका एक जासुसको रूपमा मुख्य भूमिकामा छिन् । यो सिरिज सँगै प्रियंका ओटिटी स्पेसमा डेब्यु गर्दै छिन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप