जिया खान मुद्दामा अभिनेता सुरज पंचोलीलाई सफाइ
फिल्म अभिनेता सुरज पंचोलीले जिया खान मुद्दामा सफाइ पाएका छन् । उनीमाथि अभिनेत्री जिया खानलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो । सीबीआई अदालतका न्यायाधीश एएस सैयदले सुरज पञ्चोलीलाई सफाइ दिने निर्णय सुनाएका हुन् ।
अदालतले प्रमाणको अभावमा सुरजलाई दोषी ठहर गर्न नसक्ने भन्दै सफाइ दिएको फैसला सुनाइएको छ । पञ्चोलीका वकिल प्रशान्त पाटिलले बीबीसी हिन्दीसँगको कुराकानीमा अभिनेत्री जिया खानलाई आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा मुम्बईको अदालतले सुरज पंचोलीलाई सफाइ दिएको जानकारी दिए ।
विशेष न्यायाधीश एएस सैयदको इजलासले २० अप्रिलमा यस मुद्दामा बहसको सुनुवाइ पूरा गरेको थियो । यसपछि निर्णय सुरक्षित राखिएको थियो ।
जिया खान मुद्दा
जुन ३, २०१३ मा २५ वर्षीय अमेरिकी नागरिक जियाको शव उनको जुहुको घरबाट शङ्कास्पद अवस्थामा भेटिएको थियो । त्यहाँ उनी आफ्नी आमासँग बस्दै आएकी थिइन् ।
त्यसपछि मुम्बई पुलिसले जिया खानलाई कूपर अस्पतालमा मृत अवस्थामा ल्याइएको जानकारी दिएको थियो ।
जियाले यस मामिलामा ६ पृष्ठको चिठी लेखेकी थिइन्, जसको आधारमा प्रहरीले सुरजलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।
मुम्बई प्रहरीले बरामद गरेको चिठी जिया खानले लेखेको सीबीआईले जनाएको छ ।
सन् २०२१ मा, सत्र अदालतले मुद्दाको अनुसन्धान सीबीआईले गरेका कारण यो मामिला आफ्नो न्यायिक क्षेत्रबाट बाहिर भएको बताएको थियो । त्यसपछि यो मुद्दा विशेष सीबीआई अदालतलाई सुम्पिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण