सभामुख घिमिरे र दलका प्रमुख सचेतकबीच वार्ता जारी, बैठक कुर्दै सांसद
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतकबीच वार्ता जारी रहेको छ । संसद भवन नयाँ बानेश्वरमा सभामुख र प्रमुख सचेतकहरुबीच कुरा नमिलेका कारण राती ८ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन ।
छलफल भइरहेपनि सहमति नजुटेकोले बैठक सुरु हुन नसकेको र सांसदहरु बैठकको प्रतीक्षामा संसद भवनमा रहेको राष्टिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले रातोपाटीलाई जानकारी दिए । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले संसदको हिँउदे अधिवेशनमा संसदमा उपस्थित नभएका सांसदहरुको विवरण प्रस्तुत गर्ने क्रममा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी बिरामी भएका कारण अनुपस्थित भएको जानकारी गराएपछि विवाद उत्पन्न भएको थियो । सत्तारुढ दलका सांसद तथा अन्य दलका सांसदहरुले समेत फरार रहेका अपराधी सांसदलाई संसदले विरामी प्रमाणित गर्न खोजेको भन्दै आपत्ति जनाएका थिए ।
उनीहरुले सभामुख घिमिरेलाई सांसद कोइरी बिरामी भएर अनुपस्थित भएको भनेर सदनलाई जानकारी भनाई संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । तर सभामुखले सो भनाई रेकर्डबाट हटाउन नमानेपछि विवाद उत्पन्न भएको थियो ।
साँझ ५ बजेर १० मिनेटमा आधा घण्टाका लागि भनेर स्थगित भएको बैठक राती ८ बजे बस्नेगरी समय तोकिएको थियो । तर सभामुख र दलका सचेतकबीच कुरा नमिल्दा राती ९ बजिसक्दा समेत बैठक सुरु हुन सकेको छैन । केही सांसदहरु बैठककोे प्रतीक्षामा संसद भवनमा रहेका छन् भने केही सांसदहरु घरतिर लागिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण