काठमाडौँको एक घरबाट करोडभन्दा बढीको चोरी
शनिबार, १६ वैशाख २०८०, १७ : २६
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको एक घरबाट एक करोडभन्दा बढीको सामना चोरी भएको छ । नगरपालिका-९ मेडिकलचोक बस्ने ४० वर्षीया पुष्पा गुरुङको घरको ताला फोडी शुक्रबार राति चोरी भएको हो ।
घरबाट ६४.५ तोला सुनका विभिन्न गरगहना, अमेरिकी डलर ३० हजार र नेपाली ७ लाख रुपैयाँ समेत गरी करिब १ करोड १० लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण