शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उपमेयरको गाडी ब्याक गर्दा १४ महिने बालिकाको किचिएर घटनास्थलमै मृत्यु

आइतबार, १७ वैशाख २०८०, १६ : ५५
आइतबार, १७ वैशाख २०८०

जनकपुरधाम । धनुषाा जिल्लाको हंसपुर नगरपालिकाकी उपमेयर दुर्गा देवीको गाडीले किचेर १४ महिने बालिकाको घटनास्थलमै मृत्यु भएको छ । बच्चा उपमेयरकै नातिनी पर्ने बुझिएको प्रहरीले जनाएको छ ।

नगरपालिकाको वडा नं.९ रुदौली बस्ने रवीन्द्र मण्डलको छोरी अन्दाजी १४ महिनाकी लक्ष्मीनिया कुमारी मण्डलको गाडीले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । प्रहरीले गाडी चालक शहिदनगर नगरपालिका–४ बस्ने ३० वर्षीय दीपेन्द्रकुमार रायसहित गाडी पनि नियन्त्रण लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप