राष्ट्रपतिलाई गगन थापाको आग्रह–उपचार खर्च आफैँ ब्यहोर्नुहोस्

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले ब्यहोर्नुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार आयोजना गरेको श्रमिक सभामा सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च ब्यहोर्नुपर्ने बताएका हुन् ।
भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभइ आफ्नै खल्तीबाट ब्यहोर्नुपर्ने उनले बताए । राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ ब्यहोर्छु भनेर सार्वजनिक गर्न उनले आग्रह समेत गरे ।
महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने बताए ।
महामन्त्री थापाले कांग्रेसले विगतमा निर्वाचन अगाडि अन्य दलसँग गरेको गठबन्धनप्रति गल्ती महशुस गर्नुपर्ने बताए । उनले आगामी दिनमा पार्टीले कुनैपनि दलसँग कहिल्यैपनि गठबन्धन गर्नु नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह विजेता बन्ने लक्ष्यसहित नेपाल आज भारतसँग भिड्दै
-
‘राज्यले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोज्यो’
-
३५ दिनमा 'जनै हराएको बाहुन'को इन्डक्ल्याप
-
मेक्सिकोमा मेयरको उम्मेदवारसहित चार जनाको गोली हानी हत्या
-
भारतले गरेको आक्रमणमा ११ सेना, ४० सर्वसाधारणको मृत्यु भयो : पाकिस्तान
-
सरकार ढल्छ भन्नु दिवास्वप्न मात्रै : जुली महतो